देश

गण्डकी प्रदेश सभा सदस्यमा सुनिता थापालाई सिफारिस गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

निर्वाचनमा आयोगमा भएको बन्दसूचीको क्रमसंख्या अनुसार थापाको नाम आयोगमा सिफारिस गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । गत कात्तिक २८ गते कांग्रेसको सभानुपातिक तर्फबाट गण्डकी प्रदेश सभा सदस्य रहेकी विमला गौचनको निधन भएपछि सो पद रिक्त रहेको थियो । सोही रिक्त पदपूर्तिका लागि थापाको नाम सिफारिस गरिएको हो ।