काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार काँग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी भएका हुन् । यस्तै माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए ।
माओवादीको प्रभाव क्षेत्र मानिने भए पनि सो स्थानमा सोही पार्टी पराजित बनेको हो ।