काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे साेधपुछ तथा बयान आजका लागि सकिएकाे छ ।
शुक्रबार देखी काठमाडौँ प्रहरीकाे हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलकाे कार्यालय लगिएकाे थियाे, बयान अझै नसकिएकाले भाेली पनि जारी रहने भएकाे छ ।
बिहीबार साँझ पोखराबाट काठमाडौँ ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमबार सम्म काठमाडौँमा नै रहने भएका छन् । बयान सकिए पछि सम्भवतः भाेली पाेखरा फर्काइने छ ।
शुक्रबार बिहान देखि सुरू भएको बयान साे दिनकाे अपरान्ह ३:३० बजे सकिएको थियाे । उनले त्याे दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । आज पनि उनले झन्डै ५ घण्टा लामो बयान दिएका छन् ।
सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई ठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौँ ल्याइएको हो।