काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कीर्तिपुर नगरपालिका वडा नं १ को उपनिर्वाचनका लागि
बनाएको उमेदवार े अष्टमान महर्जनलाई बाटोबाटै फर्कन बाध्य पारेको छ । महर्जन आइतबार कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा टीका माला लगाएर उमेदवारी दर्ता गर्न निस्किएपछि जसपासँग गठबन्धन गरेर एक नम्बर वडालाई सहयोग गर्ने सुचना पाएपछि महर्जन घर फर्कन बाध्य भएका हुन् ।
महर्जनले आफू बागी नबन्ने भन्दै जसपाका सरल गोपाल महर्जनलाई सहयोग गरे । उनले पार्टीको नियमलाई सहजै स्वीकार गर्ने बताएका छन् । तर उक्त विषयमा पहिला नै माओवादी केन्द्रले महर्जनलाई सुचना दिएको भए राम्रो हुन्थ्यो ।




