विश्व

दिल्लीमा वायु प्रदूषण अत्यधिक खराब अवस्थामा

भारतको नयाँ दिल्लीमा वायु प्रदूषण अत्यधिक खराब अवस्थामा पुगेको छ ।

दिल्लीमा वायु प्रदूषण बढेर अत्यन्त खराब स्तरमा पुगेपछि जनजीवन प्रभावित भएको छ । राजधानीका मानिसहरुलाई श्वासप्रश्वासका विभिन्न समस्या देखिएको बताइएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार वायु प्रदुषणका कारण हुनसक्ने संकटलाई ध्यानमा राखि दिल्ली सरकारले साना स्कुले विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गरेको छ मुख्यमन्त्री आतिशी मार्लेनाले अर्को सूचना जारी नभए सम्म अनलाइन कक्षा जारी राख्न निर्देशन दिएकी हुन् ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीका अधिकांश स्थानमा वायु गुणस्तर सूचकांक एक्यूआई ४ सय भन्दा माथि पुगेको छ । जसलाई अत्यन्त गम्भीर स्तर मानिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *