देश

पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्याँस प्रहार

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि अश्रुग्याँस प्रहार गरेको छ ।

सहकारी ठगी आरोपमा पक्राउ परेका सभापति रवि लामिछानेलाई अदालतले थप ७ दिन म्याद थपेपछि कार्यकर्ताहरू थप आक्रोशित बनेका हुन् ।

म्याद थपको विरोधमा निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि अश्रुग्याँस प्रहार गरेको हो ।

प्रदर्शनमा सहभागी रास्वपा कार्यकर्ताहरूले भ्रष्ट सरकार होसियार, न्याय मार्न पाइँदैन, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *