राजनीति

कुनै पनि हालतमा सरकार ढल्दैन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकार कुनै पनि हालतमा नढल्ने बताएका छन् । केही दिन अघि सरकारलाई काम गर्न नदिने हैसियतले सरकारका कमी कम्जोरी देखाउन सरकार ढल्ने हल्ला चलाएपनि सरकार ढल्ने कुनै पनि आधार नभएको प्रधानमन्त्री ओलीले बताएका छन ।

सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकारले काम गर्न कर्मचारी प्रशासनको सहयोग आवश्यक पर्ने बताए । प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई कुनै पनि हल्लाको पछि नलागी ढुक्क भएर काम गर्न समेत आग्रह गरेका छन् ।

ब्युरोक्रेसीको नेतृत्व गरेका मुख्य सचिव र सचिवहरुले समेत प्रधानमन्त्रीको कुरामा सहमत जनाउने भएकाले कर्मचारीहरुले कुनै पनि चिन्ता लिनुपर्ने अवस्था नभएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने,‘ राजनीतिक नेतृत्वले नीति र प्राथमिकता अघि सार्ने कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *