राजनीति

प्रतिपक्षी दलहरूद्वारा तीन सदस्यीय संयन्त्र गठन

काठमाडौँ । प्रतिपक्षी दलहरूले तीन सदस्यीय संयन्त्र गठन गरेका छन् । नयाँ बानेश्वरमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदल गठन गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठक बसेको थियो ।

बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आम आदमी पार्टीको सहभागिता रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *