मुख्य समाचार

प्रहरी अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं। उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका नेपाल प्रहरीका अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज (बिहीबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अन्तरिम आदेश अस्वीकार गर्दै मुद्दालाई अग्राधिकार प्रदान गरेको छ ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।

एआईजी ज्ञवाली आगामी भदौ २६ गतेबाट उमेर हदका कारण अनिवार्य अवकाश जाँदैछन् भने अन्य रिट निवेदकहरुको पनि अवकाश जाने दिन नजिकिँदै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *