विश्व

‘टक बाइ हत्याकाण्ड’ मा थाइल्याण्डमा सात अधिकारीलाई मुद्दा चलाइने

बैङ्कक। थाइल्याण्डको सुदूर दक्षिणमा करिब दुई दशकअघि सेनाको ट्रकहरूमा निस्सासिएर दर्जनौँ मुस्लिम प्रदर्शनकारीहरूको मृत्यु भएको मामिलामा सात अधिकारीले मुद्दाको सामना गर्नुपर्ने पीडिति परिवारहरूका वकिलले शुक्रबार बताएका छन् ।

राज्यको विद्रोहबाट प्रभावित दक्षिणमा ‘टक बाई नरसंहार’ भनेर चिनिने सन् २००४ अक्टोबर २५ को घटना सत्तारूढ थाई राज्यविरुद्ध मलय मुसलमानहरूले गरेका विद्रोहमा सबैभन्दा घातक मध्येको एक हो । थाइल्यान्डले एक शताब्दीअघि मलेसियासँग सीमा जोडिएका प्रान्तहरूलाई उपनिवेश बनाएको थियो ।

थाइल्यान्डको सैन्य ट्रकहरूमा एकमाथि अर्कोलाई थुपारिएपछि पक्राउ परेका ७८ जनाको निस्सासिएर मृत्यु भएको थियो ।

अधिकारीहरूले अन्य सात जनाको मृत्युमा पनि मुद्दा चलाउने छन् । सुरक्षा बलले धेरै बन्दीहरूको रिहाइको आह्वान गर्ने प्रदर्शनकारीहरूको ठुलो भीडमा गोली चलाउँदा ती सात जनाको मृत्यु भएको थियो ।

दक्षिणको नाराथिवाट अदालतले शुक्रबार पीडित परिवारहरूले सात अधिकारीमाथि हत्या र हत्या प्रयासको मुद्दा चलाउने मागसहितको निवेदनलाई स्वीकार गरेको परिवारहरूको प्रतिनिधित्व गर्ने वकिल रत्चदा मनुरचदाले पत्रकारहरूलाई बताउनुभयो ।

हत्या भएको २० वर्षपछि मुद्दामा सीमितताको कानुनको म्याद सकिने भएकाले दुई महिनाअघि यो निर्णय आएको हो ।

“अदालत मुद्दाको सुनुवाइ गर्न सहमत भएको छ”, अदालतको फैसलापछि रत्चदाले भन्नुभयो, “यो हाम्रो देशमा एतिहासिक मामिला हो जसले अधिकारीहरूले नागरिकहरूसँग उचित व्यवहार गरेको छ वा छैन भन्ने निर्णय गर्नेछ ।”

पूरै क्षेत्रमा दुर्व्यवहारको लगातारको आरोपहरूका बाबजुद थाई सुरक्षा बलका कुनै पनि सदस्यलाई ‘दक्षिण’ मा गैरन्यायिक हत्या वा यातनाका लागि कहिले पनि जेल पठाइएन ।

सात प्रतिवादीहरूमा वरिष्ठ सैन्य अधिकारी र राजनीतिज्ञहरू छन् । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पदमा रहँदा र प्रवित वोङसुवान सेना प्रमुख भएको बेला उक्त घटना भएको थियो । वोङसुवान अहिले वरिष्ठ राजनीतिज्ञ हुनुहुन्छ । मुद्दाको सुनुवाइ सेप्टेम्बर १२ मा हुने भएको छ ।

नरसंहारपछि दक्षिणी प्रान्तहरूमा तल्लो स्तरको द्वन्द्व सुरु चर्किएको छ । यस क्षेत्रका लडाकूहरूले राज्यबाट अधिक स्वायत्तताका लागि ठूलो लडाइँ जारी राखेकाले द्वन्द्वमा सात हजारभन्दा बढी मानिस मारिएका छन् ।

सांस्कृतिरूपमा बौद्ध बहुल थाइल्यान्डबाट अलग भएको यो क्षेत्रमा थाई सुरक्षा बलले कडा सुरक्षा प्रदान गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *