देश

तीजको दर खाएका धेरै महिला बिरामी

रुपन्देही । रुपन्देहीको देवदहमा तीजको दर खाँदा ‘फूड पोइजन’ भई २ दर्जन बढी महिला बिरामी परेका छन् । देवदह-६ स्थित शिवालय टोलका विभिन्न महिला समूह मिलेर भदौ ६ गते दर खाएपछि उनीहरू बिरामी परेका हुन् ।

देवदह-६ का वडा अध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिँगटा लाग्नेलगायत स्वास्थ्य समस्या देखिएका छन् ।

बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको उनले बताए । ५ जनाको भने देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य ५/६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् ।

उनीहरूमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको बताइएको छ । दर खाने कार्यक्रममा ३५ जना सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *