देश

सूर्यदर्शन सहकारी प्रकरणमा नकर्मी अदालतको आदेशसँगै कारागार चलान

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारीका सचिव अनुज नकर्मीलाई जिल्ला अदालत कास्कीले थुनामा पठाउने आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले सहकारीका सचिव अनुज नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अदालतले आदेश जारी गरेपछि आजै नकर्मी कारागार चलान भएका छन ।

गत भदौ २ गते काठमाडौंस्थित दक्षिणकालीबाट नकर्मीलाई पक्राउ गरेर कास्की प्रहरीमा ल्याइएइको थियो । आइतबार अदालतमा उपस्थित गराएर नकर्मीमाथि थुनछेक बहस चलेको थियो । बहसपछि न्यायाधीशले थुनामा पठाउने आदेश गरेका हुन् । सहकारी ठगी प्रकरणमा अहिले सम्म सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६ जनालाई हिरासत पठाइसकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *