काठमाडौं । काठमाडौंको अनामनगरस्थित रहेको नेपाल संगीत उद्योग संघ नै मानव बेचबिखानमा लागेको थाहा पाएपछि नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले संघको कार्यलयमा छापा मारेको छ ।
बुधबार दिउँसो संघको कार्यालयबाट व्युरोले छापा मार्ने क्रममा अनुसन्धानका लागि केही कागजात र कम्प्युटर बरामद गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले दिएको जानकारी अनुसार संगीत उद्योग संघले नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको छ । सोही काम गरेको सुचनाका आधारमा व्युरोले संघको कार्यालयमा छापा मारको थियो ।
ब्यूरोका प्रमुख एसएसपी ओम रानाका अनुसार संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा
संघको कार्यालयमा छापा मारेको हो । संगीत उद्योग संघ नै रातरात पैसा कमाउने उदेश्यले गैरकानुनी काम गर्दै सोझासाझा नागरिकलाई विभिन्न किसिमका प्रलोभवनमा पारेर मानव बेचविखान जस्तो जघन्य अपराधिक क्रियाकलापमा लागेको प्रहरीले दिएको सुचनाले पुष्टि गरेको छ ।
पछिल्लो समय विभिन्न विभिन्न संघसंस्थाले ठूला सपना देखाएर देखाएर नेपाली नागरिकहरुलाई विदेश पठाउने र विदेशमा पठाएपछि अलपत्र अवस्थामा हुने गरेका समाचारहरु सामाजिक संजालमा दैनिक जस्तो नै सार्वजनिक हुने गरेका छन् । यस्ता गैरकानुनी काम गर्ने निकायहरुलाई पार्दर्शी छानबिन गरी अपराध नियन्त्रणको सम्बन्धित निकायले दण्डित गर्न भुल्नु हुँदैन् ।




