काठमाडौं । काठमाडौंको सुन्दरीजलमा बंगलादेशी नागरिक बेपत्ता भएका छन् । शनिबार गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती खोलामा खसेर बंगलादेशी नागरिक बेपत्ता भएका हुन् ।
खोलामा फोटो खिच्ने क्रममा ती व्यक्ति बेपत्ता भएको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । बेपत्ताको खोजीका लागि आइतबार बिहान सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । डिएसपी थापाका अनुसार ४ जना गोताखोरसहित १० जनाको टोली बेपत्ता व्यक्तिको खोजीका लागि परिचालन गरिएको छ ।




