न्युर्योक। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प टविटरमा फर्किएका छन ।
उनले अमेरिकी व्यापारी तथा सोसल मिडिया साइट एक्सका मालिक एलोन मस्कलाई अन्तर्वार्ता दिइरहेका छन ।
यतिखेर एलन मस्क र ट्रम्प बिचको अन्तवार्ता चलिरहेको छ । नेपाली समय अनुसार मंगलबार बिहान ५ः४५ बजे देखि अन्तवार्ता हुने भनिए पनि प्रावधिक कारणले केही ढिलाइ भएको थियो ।
अन्तर्वार्ता अघि ट्रम्पले आधा दर्जन भन्दा बढी ट्वीट गरेका थिए । यो सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पको फिर्ताले उनको राष्ट्रपति चुनाव अभियानलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाका कारण ट्रम्प माथि तत्कालीन ट्वीटरले प्रतिबन्ध लगाइएको थियो । त्यसपछि ट्रम्प ट्वीटरबाट निष्क्रिय भएका थिए भने उनले आफ्नै अलग्गै सामाजिक सञ्जाल ट्रुथ सञ्चालनमा ल्याएका थिए । तर जब मस्कले २०२२ मा ट्विटर किने तव उनले ट्रम्पको खाता माथिको प्रतिबन्ध हटाए ।
उनले यसबिचमा एक पटक ‘मग सट’को तस्विर सार्बजनिक गरे पनि त्यसपछि उनले कुनै ट्वी गरेका थिएनन् । तर, मस्कसँगको जारी अन्तर्वातासँगै ट्रम्प ट्वीरमा सक्रिय भएका छन् ।




