काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भई नसकेको बताएका छन् ।बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा नभइसकेको भन्दै को—को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए ।
‘मन्त्रालयको बाँडफाँड पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय भन्ने सहमती भएको छैन,’उनले भने, ‘कोको सरकारमा सामेल हुने भन्नेकुरा साधारणता हैसियतको आधारमा, काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ ।’
उनले काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए ।उनले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जाने गरी छलफल भइरहेको बताए । उनले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरूलाई स्थान निर्धारण गर्ने बताए ।अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताए । उनले उद्यमशीलतामा, कृषिमा आधानुकीकरण र व्यावसायिकीकरण, यान्त्रिकीकरणमा ध्यान दिन जरुरी रहेको बताए ।
‘त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ । राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेनौँ भने आयात त वृद्धि भइरहने भयो । निर्यात हुने नै भएन,’उनले भने,‘व्यापार सन्तुलनका कुरा नै अवरुद्ध हुन्छन् । शिक्षालाई बढी व्यवहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता हो । जनतालाई केन्द्र भागमा राखेर काम गर्नेछौँ ।’
उनले उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनुपर्ने पनि बताए । जनतालाई केन्द्र भागमा राखेर काम गर्ने पनि बताए ।उनले शिक्षालाई बढी व्यवहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता भएको बताए ।