मुख्य समाचार

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् । पार्टी महाधिवेशनको बन्द सत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् ।

सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् । अन्य पदाधिकारी र सदस्यको नाम भोलि विहान १० बजेपछि टुङ्ग्याउने निर्णय भएको छ । सुरुमा तीनै नेताले अध्यक्षमा दाबी गरेका थिए । तर, नेताहरूले दबाब दिएपछि सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको हो । महाधिवेशन प्रतिनिधिहरूले पनि अध्यक्षमा नेपाललाई सर्सम्मत गर्न सुझाव दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *