विश्व

इजराइलले आफ्ना ३८ हजार नागरिकको हत्या गरेको प्यालेष्टाइनको दाबी

काठमाडौं । इजराइली सेना (आईओएफ) बाट गाजापट्टीमा गत अक्टोबरदेखि अहिलेसम्म करिब ३८ हजार प्यालेष्टिनी नागरिकको ज्यान गएको छ ।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी ३७ हजार ९२५ प्यालेष्टिनीको मृत्यु भएको जानकारी दिएको हो । यो अवधिमा कम्तीमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका छन् । आईओएफले गाजापट्टीमा गत २४ घण्टामा २५ प्यालेष्टिनीको हत्या गरेको र ८१ अन्यलाई घाइते बनाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गाजा पट्टीमा इजराइली कब्जाको चरम र अभूतपूर्व नरसंहार जारी रहेको, लगातार हवाइ हमला र चारैतिरबाट गोलीबारी, हत्या, घाइते र हजारौँ प्यालेष्टिनी नागरिकविरुद्ध रक्तपातपूर्ण नरसंहार भइरहेको छ । गाजापट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीहरूले चेतावनी दिए पनि इजराइली संस्थाले आक्रमण जारी राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *