विश्व

दक्षिण कोरियामा कारले ठक्कर दिँदा नौं जनाको गयो ज्यान

काठमाडौं । दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । गए राति सोलको एउटा भिडभाडयुक्त क्षेत्रमा अनियन्त्रित कार घुस्दा चार जना घाइते भएका छन् । दुर्घटनामा हताहत हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । ६८ वर्षीय चालकले चलाएको कार भिडमा कुदेको थियो ।

गलत दिशातिर हुईकिएको कार पहिले दुई वटा अरु गाडीलाई ठक्कर दिएपछि भिडमा उछिट्टिएको थियो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जनाको अस्पताल पु¥याएपछि मृत्यु भएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ । दक्षिण कोरियामा पैदलयात्रीलाई ठक्कर दिएर हुने दुर्घटनाको संख्या अरु देशको भन्दा निकै ठूलो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *