देश

फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

डोल्पा । डोल्पाको शेफोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना विष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

प्रहरीका अनुसार दुवै जना शनिबार बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक विष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *