देश

सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्व सीईओ सुवेदीलाई तीन महिना जेल, दुई करोड बढी जरिवाना

काठमाडौं । सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सुवेदीलाई शुक्रबार दोषी ठहर गर्दै तीन महिना १८ दिन कैद र दुई करोड ३६ लाख ५४ हजार ४ सय जरिवाना (बिगोको दोब्बर) को सजाय सुनाएको हो ।

अदालतले बिगो बराबरको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ । कार्यालय प्रमुखका रुपमा पदको दुरुपयोग गरि कसुर गरेको भन्दै अदालतले सुवेदीलाई थप २ महिना १८ दिन कैद र २३ लाख ७५ हजार ५४० रुपैयाँ थप जरिवानाको पनि सजाय गरेको हो ।

२०८० असारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुवेदीविरुद्ध एक करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *