कठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली र किरण बज्राचार्यको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सिआइबीको प्रमुख र बज्राचार्यलाई कार्यविभाग प्रमुखमा सरुवा गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।
प्रवक्ता शर्माले यो सरुवा कारवाही नभएर नियमित सरुवा भएको र दोषी देखिए सरुवा मात्र भएर सुख नपाइने बताएकी छन् ।
मन्त्रिपरिषद बैठकले सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको प्रतिवेदन अध्ययन गरेर सरकारले दोषीलाई कारबाही गर्ने सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
उनले भनिन्, ‘सरकारको स्पष्ट धारणा दोषी कोही पनि छुट्नुहुन्न । निर्दोष कोही पनि पर्नुहुन्न भनेर हामीले भनिरहेका छौं । त्यहाँ को व्यक्ति कसको व्यक्ति भन्ने कुरा रहेन । दोषी ठहर भएपछि जो भए पनि कारबाहीको दायरामा आउँछन् ।




