विश्व

युद्ध रोक्न रुसका राष्ट्रपति पुटिनलाई नेपालबाट पठाइयो ज्ञापनपत्र

काठमाडौं।नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।

सोमबार दिउँसो काठमाडौंस्थित रुसी दूतावास अगाडि भएको प्रदर्शनमा नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरूलाई बिनासर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ ।

प्रदर्शन पश्चात रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी दूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । ज्ञापनपत्रमा युद्धबाट सर्वनाश बाहेक केही हासिल नभएको भन्दै कहालिलाग्दो युद्धको सिलसिला तत्काल अन्त्य गर्न आग्रह गरिएको छ ।

यसैगरी नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरूलाई विना सर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *