मुख्य समाचार

माल्दिभ्स सरकारका तीन मन्त्री बर्खास्त

काठमाडौं । माल्दिभ्स सरकारमा रहेका तीन जना मन्त्रीलाई बर्खास्त गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार भारतविरुद्ध नकारात्मक टिप्पणी गरेका कारण माल्दिभ्सका महिला मन्त्री मरियम शिउना, युथ इम्पावरमेन्ट, इन्फोरमेसन एन्ड आर्ट्स मन्त्री महजुम माजिद र उपराज्य मन्त्री मालसा शरीफलाई बर्खास्त गरिएको हो ।

तीनै जना मन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्यद्विप भ्रमणलाई लिएर नकारात्मक टिप्पणी गरेपछि माल्दिभ्स सरकारले उनीहरूलाई पदबाट बर्खास्त गरेको हो । माल्दिभ्सका पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले तीनै जना मन्त्रीलाई कारबाही गर्नुपर्ने बताएका थिए भने विपक्षी दलले पनि मन्त्रीहरूको राजीनामा माग गरेको थियो । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *