देश

धोकाधडीको आरोपमा टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं । राइड सेयरिङ कम्पनी टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

आर्थिक लेनदेन र धोकाधडीको आरोपमा पक्राउ परेका भट्टलाई प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगेको छ ।

कम्पनी बेचेर आएको रकम आफ्ना साझेदारहरूलाई नदिएको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो। प्रहरीले सोही आरोपको आधारमा बिहीबार राति भट्ट पक्राउ परेको जानकारी दिएको छ।

प्रहरीमा परेको उजुरीमा भट्टले टुटल एक करोड रुपैयाँमा बिक्री गरेको, तर उक्त रकम साझेदारहरूलाई नदिएको पाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *