देश

प्रशासकीय भवन उद्घाटन गर्ने अवसरमा गाउँपालिकामा सार्बजनिक बिदा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि रामेछापको सुनापति गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटनका लागि जाने भएपछि पालिकाले सार्वजनिक बिदा दिएको हो ।

बिहीबार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्थालगायत गाउँपालिका क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *