देश

बालेनले प्रशासकिय अधिकृतलाई कार्यलय आउनै राेके

काठमाडौंं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

स्वास्थ्य विभागका कर्मचारी नियुक्तिको विषयलाई लिएर विवाद भएपछि अधिकृत अधिकारीलाई कार्यालय प्रवेशमै रोक लगाएका हुन् ।

मेयर साहले १० औँ तहका कर्मचारी नुरनिधी न्यौपाने र आठौँ तहका रामप्रसाद पौडेल र भगवती बिडारीलाई निलम्बन गरेका छन् । मेयर साहले सोमबारबाट अधिकृत अधिकारीलाई कार्यालयमा नआउन निर्देशन दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *