देश

संसद् र जनतामा भाषण हैन रिपोर्टका साथ उभिने छु: प्रधानमन्त्री

काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै प्रतिरक्षात्मक नभएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दे उनले आफू कुनै कुरामा प्रतिरक्षात्मक नभएको बताए ।

उनले ८० को दशक तीव्र विकासको दशक भन्दै पूर्वधारमा देशले नयाँ ढंगले फड्को मार्ने बताए ।

उनले भने, ‘सरकार गठनसँगै मेरो प्रतिबद्धता थियो म सार्वभौम तरिकाले संसद् र जनतामा भाषण हैन रिपोर्टका साथ उभिने छु । आज नागरिक सामु वार्षिक रिपोर्ट पेस गर्दा म प्रतिरक्षात्मक छैन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *