मुख्य समाचार

हमास–इजरायल युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

गाजा।इजरायल र हमासबीचको युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन ।

गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको छ ।

गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाबाट ९९ जना पत्रकार मारिएको बताएको हो ।

इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरेको आक्रमणमा मारिने मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *