काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीलाई कारबाही गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापाले माग गरेका छन् ।
सार्वजनिक पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाएको भन्दै उनलाई कानुनबमोजिम कारबाही गर्न थापाले माग गरेका हुन् ।
‘साम्प्रदायिक विद्वेष फैलाउने किरातीलाई कानुन वमोजिम कारबाही गरियोस्,’ उनी लेख्छन्, ‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटनमन्त्रीलाई तत्काल वर्खास्त गर्नुपर्दछ ।’
यसका साथै थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई किरातीको अभिव्यक्तिमा ध्यान दिनसमेत आग्रह गरेका छन् ।





