काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। राति पनि यो क्रमले निरन्तरता पाउनेछ ।
देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
मौसम विश्लेषण
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
२०८० पुस ०५ गते (बिहीबार)
दिउँसो: देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
राती : देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
२०८० पुस ०६ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक बदली रहनेछ।
राती : देशभर आंशिक बदली रहनेछ।
२०८० पुस ०७ गते (शनिबार)
दिउँसो: कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ ।
नोट ː मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बारे बुझ्न यहाँ क्लिक गर्नुहोला।




