देश

मन्त्रिपरिषद बैठक सिंहदरबारको नयाँ भवनमा जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको नयाँ भवनमा आज पहिलो पटक बैठक बसेको हो ।

अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ भवनको हलमा बस्ने जनाइएको छ ।

आजको बैठक नियमित बैठक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

हिजो नियमित रुपमा बस्नुपर्ने बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज बसेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *