देश

नयाँ मन्त्री निवास परिसरमा आगलागी

काठमाडौँ । ललितपुरको भैंसेपाटीस्थित नयाँ मन्त्री निवास परिसरमा आज आगलागी भएको छ ।

मङ्गलबार मध्याह्न मन्त्री निवास भित्र जस्ताले बनाइएको टहरमा आगलागी भएको र त्यसलाई नियन्त्रणमा लिएको जानकारी भैंसेपाटीस्थित प्रहरी प्रभागले दिएको छ ।

मानवीय क्षति नभएको र श्रमिक बस्नका लागि बनाइएको टहरामा आगलागी भएको, त्यसमा रहेका रङ्ग र तारहरू जलेको जानकारी पनि प्रहरीले दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *