विश्व

गाजामा मारिनेको संख्या १८ हजार नाघ्यो

गाजा। इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा हालसम्म १८ हजार भन्दा बढी मानिस मारिएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले शुक्रबार मात्रै इजरायली आक्रमणमा परी कम्तीमा १७९ जनाको मृत्यु भएको र ३०३ जना घाइते भएको बताएका छन्।

उनका अनुसार गाजा क्षेत्रका भग्नावशेषमुनि र सडकमा अझै ठूलो सङ्ख्यामा मानिसहरू रहेका छन् ।

अक्टोबर ७ देखि सुरु भएको युद्धमा अहिलेसम्म मृत्यु हुनेको संख्या १८ हजार ७ सय ८७ पुगेको र ५० हजार ८९७ घाइते भएको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *