सम-सामयिक

ग्रिस पठाइदिने प्रलोभनमा पारेर १३ लाख ठगी गर्ने होमबहादुर पक्राउ

काठमाडौं।ग्रिस पठाइदिने प्रलोभनमा पारेर रकम ठगी गर्ने १ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ५० वर्षीय होमबहादुर तामाङ छन् ।

तामाङले लक्ष्मण सापकोटासमेत २ जनालाई वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिने प्रलोभनमा पारेर १३ लाख ८४ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

ग्रिस जान प्रतिव्यक्ति १० लाख ५० हजार रुपैयाँ लाग्ने र ग्रिस पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाएर मासिक १ लाख १५ हजार रुपैयाँ तलब हुने भनी प्रलोभनमा पारेर पीडितबाट रकम लिई सम्पर्कविहीन भएको उजुरीपछि प्रहरीमा परेको थियो ।

प्राप्त उजुरीका आधारमा खटिएको प्रहरी टोलीले तामाङलाई महाराजगञ्जबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाही लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *