देश

भिजिट भिसामा विदेश पठाउने अध्यागमन विभागका अधिकृत पक्राउ

काठमाडौैं । केही समययता नेपालमा नक्कली भिजिट भिसाका आधारमा विदेशमा मानव तस्करी बढ्दो छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले मंगलबार नेपाल एयरलाइन्सका एक कर्मचारीलाई पक्राउ गरेको थियो ।

बुधबार प्रहरी टोलीले अध्यागमन विभागका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको छ। नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा उनी पक्राउ परेका हुन्। नक्कली कागजात बनाएर भिजिट भिसामा गएको थाहा भएपछि प्रहरीले भिजिट भिसामा जानेहरूमाथि निगरानी बढाइएरहेको छ।

प्रहरीले भिजिट भिसामा जानका लागि नक्कली कागजात बनाउनेहरूसँग सोधपुछ गर्दा खड्का पनि यस प्रकरणमा मुछिएको पाएपछि पक्राउ गरेको जनाएको छ।प्रहरीले नेपाल वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

यो प्रकरणमा जोडिएका हालसम्म ३२ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *