विश्व

इजरायल र हमासबीच थप एक दिनको युद्ध विराम

काठमाडौँ । इजरायल र हमासबीचको युद्धविराम समाप्त हुनुभन्दा केहि मिनेटअघि थप एक दिनको युद्ध विरामको सहमति भएको छ ।

इजरायल र कतारका अधिकारीहरूले यसको पुष्टि गरेका छन् । टाइम्स अफ इजरायलका अनुसार हमासले आज रिहा हुने १० जना बन्धकहरूको सूची दिएको छ र जसलाई इजरायलले अनुमोदन गरेको छ ।

युद्धविराम अन्तर्गत, हमासले हरेक दिन १० जना बन्धकहरूलाई रिहा गर्नेछ । बदलामा इजरायलले ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । इजरायली सेनाले युद्धविरामका अन्य सर्तहरूमा वार्ता जारी रहेको बताएको छ ।

यसअघि टाइम्स अफ इजरायलका अनुसार युद्धविरामको छैटौं दिन हमासले ५ बालबालिकासहित कुल १६ जनालाई मुक्त गरेको थियो । पहिलो दुई रूसी-इजरायली महिला रिहा गरियो । पछि १० इजरायली र ४ थाई नागरिकलाई रिहा गरिएको थियो । इजरायलले हमाससँग अझै करिब १५९ बन्धक बाँकी रहेको दाबी गरेको छ ।

अहिलेसम्म हमासले ६ दिनमा ९७ जना बन्धकलाई रिहा गरेको छ भने इजरायलले आफ्नो हिरासतमा रहेका २१० प्यालेस्टाइनीलाई रिहा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *