विश्व

हुथी विद्रोहीले खसाल्यो अमेरिकाको ड्रोन विमान

काठमाडौँ । एक वरिष्ठ अमेरिकी अधिकारीले यमनका हुथी विद्रोहीले अमेरिकी एमक्यू–९ रिपर ड्रोन खसालेको बताएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार एक अमेरिकी अधिकारीले भनेका छन्, ‘अमेरिकी सेनाको रिमोट कन्ट्रोल विमानएमक्यू–९ लाई यमनको तटमा हुथी सेनाले खसालेको छ ।’ हुथी एउटा सशस्त्र समूह हो जसले सन् २०१५ देखि यमनको समर्थक साउदी सरकारसँग युद्ध लडिरहेको छ ।

यसअघि हुथी विद्रोहीले इजरायल र हमासबीचको युद्धमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएमा हमाससँग मिलेर इजरायलविरुद्ध आक्रमण गर्ने धम्की दिएका थिए । अक्टोबर ७ मा हमास र इजरायलबीच द्वन्द्व सुरु भएदेखि नै मध्यपूर्वमा आफ्ना सेनाविरुद्ध आक्रमण बढेको अमेरिकाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *