काठमाडौँ । एशियन च्याम्पियन्स लिग अन्तर्गत अल नासरले कतारी क्लब अल दुहलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल दुहलीलाई ३-२ गोल अन्तरलेले पराजित गरेको हो ।
अल नासरको जितमा टालिस्काले ह्याट्रिक गरेका थिए । उनले खेलको २७औं, ३७औं र ६५औं मिनेटमा गोल गरेका थिए । अल नासरले यस खेलमा अल नासरका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको थियो ।
त्यस्तै अल दुहलीका लागि फिलिप कोटिन्होले २ गोल गरेका थिए ।
यस खेलमा खेलको ९२औं मिनेटमा अल दुहलीका खालेद मोहमदले रातो कार्ड पाएका थिए ।
यो समुह ई मा रहेको अल नासरको लागतार चौथो जित हो । ४ जितमा १२ अंक भएको अल नासर एसियन्स च्याम्पियन्स लिगको दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।




