खेलकुद

लिग चरणमा ओमानसँग बेहोरेको हारको बदला लिने दाउमा नेपाल

काठमाडौं । आईसीसी टी २० विश्वकप छनोटअन्तर्गत फाइनल खेल आइतबार हुँदै छ । विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा घरेलु टोली नेपालले आज ओमानसँग टियु खेल मैदानमा बिहान ११ बजेबाट खेल खेल्दैछ ।

छनोट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् । नेपालले संयुक्त अरब ईमिरेट्स ९यूएई० लाई आठ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रन लागेका हुन् ।नेपालले आज ओमानसँग लिग चरणमा बेहोरेको पराजयको बदल लिने रणनीति बनाएको छ । १० वर्षपछि विश्वकपमा पुगेको नेपाल अहिले उच्च लयमा देखिएको छ । यदि युएईसँगको जस्तो रणनीतिका साथ नेपाल ओमानसँग प्रस्तुत भएमा फाइनल नजित्ला भन्न सकिन्न ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *