विश्व

इजिप्टले पेट्रोलको मूल्य बढायो

काठमाडौँ । इजिप्टले डिजेलको मूल्यलाई अपरिवर्तित राख्दै आन्तरिक पेट्रोलको मूल्य बढाएको छ ।

डिजेलको मूल्य प्रतिलिटर ८.२५ पाउण्डमा यथावत रहेको छ । “डिजेलको मूल्य स्थिर राख्नु भनेको यातायात लागत र वस्तुको मूल्यमा असर पर्ने भएकाले सार्वजनिक हित जोगाउन महत्त्वपूर्ण छ’ मन्त्रालयले भनेको छ ।

यो वर्ष इजिप्टमा इन्धन मूल्य समायोजनको दोस्रो पटक हो । मेको शुरुमा, देशले पेट्रोलको मूल्यलाई अपरिवर्तित राख्दै डिजेलको मूल्य एक पाउण्डले ८.२५ पाउण्ड प्रति लिटरमा बढाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *