काठमाडौँ । अल नासर साउदी किङ कपको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न राउण्ड १६ को खेलमा अल नासरले अल इत्तिफाकलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
अल नासरको जितमा खेलको १०७ मिनेटमा साडियो मानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै क्लब गोलरहित बराबरी खेलेपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो ।
यस खेलमा खेलको पहिलो हाफको अन्तिम समयमा अल नासरका टालीस्काले र खेलको ८९औ मिनेटमा इत्तिफाकका अलि हाजाजीले रातो कार्ड पाएपछि दुवै क्लब १०-१० खेलाडीमा सिमित भएका थिए ।




