काठमाडौँ । नेपालले मलेसियाविरुद्ध पहिलो सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गत जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको मलेसियाले पहिलो विकेट गुमाएको हो ।
आक्रामक शुरुवात गरेको मलेसियाको पहिलो विकेट नेपाली बलर अविनाश बोहोराले लिएका हुन् । उनले २४ रन बनाएका मलेसियाका जुबैदी जुलकिफ्लेलाई आउट गरेका हुन् ।




