खेलकुद

मेसीले जिते यस बर्षको बालोन डो अर अवार्ड

काठमाडौँ । लियोनेल मेसीले यस बर्षको बालोन डो अर अवार्ड जितेका छन् । फ्रेन्च फुटबलले हरेक बर्ष प्रदान गर्ने प्रतिष्ठित बालोन डो अर अवार्ड मेसीले सबैभन्दा बढी आठौ पटक जितेका हुन् ।

गएराती पेरिसमा सम्पन्न कार्यक्रममा मेसीलाई सो अवार्ड दिइएको हो । अर्जेन्टिनालाई विश्वकप जिताएका मेसीले म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र पिएसजीका किलीयन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

हालाण्ड पनि यो अवार्डका प्रमुख दाबेदार थिए । उनले सिटीलाई गत सिजनको प्रिमियर लिग र च्याम्पियन्स लिग जिताएका थिए । उनी दोस्रो भए भने एम्बाप्पे तेस्रो तथा म्यानचेस्टर सिटीका केभिन डी ब्रुने चौथो र सिटीकै रोड्री पाँचौं भएका छन् ।

मेसीले बालोन डो अर अवार्ड यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा जितेका थिए ।

मेसीपछि यो अवार्ड पाँच पटक क्रिस्टियानो रोनाल्डोले जितेका छन् । रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए । रोनाल्डो भने २००३ देखि यता पहिलो पटक यस अवार्डका लागि मनोनयनमा थिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *