विश्व

गाजाको सीमाबाट तीन किमि भित्र पुग्यो इजरायली ट्यांक, भीषण लडाइँ सुरु

काठमाडौं । इजरायली ट्यांक गाजाको बाहिरी क्षेत्रमा प्रवेश गरेका छन् । तिनले गाजा सहरको उत्तर–दक्षिण सडक सलाह अल दिन स्ट्रिट अवरुद्ध गरेको जनाइएको छ । सो स्थान गाजाको सीमबाट तीन किलोमिटर भित्र पर्ने बताइएको छ । उक्त क्षेत्रमा भीषण भिडन्त भइरहेको छ ।

‘उनीहरुले सलाह अल दिन सडक रोकेका छन् र त्यहाँबाट जाने जुनसुकै सवारीमा गोली हानिरहेका छन्,’ गाजाका एक बासिन्दाको भनाइ एएफपीले उधृत गरेको छ । दक्षिणी गाजामा पनि इजरायलले बमबारी जारी राखेको बताइएको छ । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *