काठमाडौँ । अस्ट्रेलियाले नेदरल्याण्डसलाई पराजित गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत अस्ट्रेलियाले नेदरल्याण्डसलाई ३०९ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको ४०० रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २१ ओभरमा अल आउट हुदै ९० रन बनाएपछि खेल ३०९ रनले हारेको हो ।
यसअघि पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३९९ रन बनाएको थियो ।
यो जितसँगै अस्ट्रेलियाले यस विश्वकपमा आफ्नो तेस्रो जित हासिल गरेको छ । योसँगै अस्ट्रेलियाको ५ खेलमा ६ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यसैगरी नेदरल्याण्डसले भने चौथो हार बेहोरेको छ । नेदरल्याण्डसको ५ खेलमा २ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।




