काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सीटीले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा जुलियन अल्भारेज र् इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यसैगरी ब्राइटनका लागि अन्सु फातिले एक गोल गरेका थिए ।
यस खेलमा सिटीका मान्युएल अकान्जीले खेलको ९५औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको ९ खेलमा २१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी ब्राइटनको ९ खेलमा १६ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ ।




