खेलकुद

टी-२० सिरिजमा आज नेपाल र हङकङबीच खेल हुदै

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र हङकङबीच खेल हुदै छ । मुलपानी क्रिकेट मैदानमा यो खेल बिहान ११ बजेदेखि शुरु हुदै छ ।

यस सिरिजमा हङकङ पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । विहिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले युएईलाई पनि ७ विकेटले पराजित गर्दै सिरिजमा लगातार दुई जित हासिल गरेको छ ।

सिरिजमा अब कार्तिक ५ गते युएई र हङकङबीच खेल हुने छ भने त्यसैगरी कार्तिक ६ गते नेपाल र युएईबीच तथा कार्तिक ८ गते हङकङ र युएईबीच खेल हुने छ । अंक तालिकामा शिर्ष दुई स्थानमा रहने देशबीच कार्तिक १० गते फाइनल खेल हुने छ ।

यस सिरिजका फाइनल बाहेका सबै खेल मुलपानी क्रिकेट मैदानमा हुने छन् ।

नेपाली टिम: रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिष जिसी, ललित राजबंशी, अभिनाश बोहोरा, विवेक यादव, सागर ढकाल, लोकेस बम, सुर्य तामाङ र श्याम ढकाल ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *