खेलकुद

हङकङविरुद्धको खेलमा करण केसी बने प्लेयर अफ द म्याच

काठमाडौँ । नेपाली बलर करण केसी हङकङविरुद्धको खेलमा प्लेयर अफ द म्याच बनेका छन् ।

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपाललाई दोस्रो खेलमा जित दिलाउनेक्रममा करणले ४ विकेट लिएका थिए । करणले ४ ओभर बलिङ गर्दै १५ रन दिएर हङकङका प्रमुख ब्याट्सम्यान कप्तान निजकत खान, बाबर हायात, अनशुमन राठ र हारून अर्षदलाई आउट गरेका थिए ।

करणले यसअघि बुधबार सम्पन्न युएईविरुद्धको खेलमा ३ विकेट लिएका थिए ।

योसँगै करणको टी-२० अन्तर्राष्ट्रिय खेलमा विकेट संख्या ६९ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *