काठमाडौँ । फ्रान्स २०२४ को युरोकपमा छनौट भएको छ । गएराती समुह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गरेसँगै फ्रान्सले युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
फ्रान्सको जितमा किलीयन एम्बाप्पेले दुवै गोल गरेका थिए । त्यसैगरी नेदरल्याण्डसका लागि क्यूलिनची हर्थम्यानले एक गोल गरेका थिए ।
यो जितपछि फ्रान्सको ६ खेलमा १८ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी नेदरल्याण्डसको भने ५ खेलमा ९ अंक रहेको छ र समुह बी मा तेस्रो स्थानमा रहेको छ ।




